Techie IT
९ माघ २०८१, बुधबार

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवादमा के के भयो ? 


काठमाडौंमा जेठ ९ र १० गते आयोजित हिमाल मानव र जलवायु परिवर्तनबारेको जलवायु सम्बन्धी अन्तराष्टिय संवादले हिमाल भएका देशका समस्याबारे समान धारणा बनाएको छ ।

उक्त संवाद कार्यक्रममा हिमाल र तल्लो तटीय क्षेत्रको प्रकृति मानव र जलवायुको परिस्थितिकीय प्रणालीमा परेको जलवायुको असरबारे विभिन्न शत्रमा सामुहिक छलफल भएको थियो । साथै, नेपाल जस्तै पर्यावरणीय र जलवायु चक्र भएका देशमा हिमाल र तटीय क्षेत्रमा उच्च जोखिम रहेको निस्कर्ष सम्मेलनले निकालेको छ ।

पर्वतीय र तल्लो तटिय क्षेत्रमा बसोवास गर्ने मानिसहरुको जीवन र पर्यावरणलाई दिगो बनाउँदै विश्व तापक्रम १।५ डिग्रि भन्दा बढी हुन नदिन सबै प्रकारका काम गर्ने र सामुहिक आवाज उठाउने गरी समान धारणा बनाउनमा सम्मेलनले सघाएको बताइएको छ ।

नेपालले दुबईमा सम्पन्न भएको विश्व जलवायु सम्मेलन (कोप—२८) मा नै विज्ञहरुको सम्मेलन नेपालमा गर्ने जानकारी गराए बमोजिम नै यो सम्मेलनको आयोजना भएको हो । सम्मेलनमा २५ देशका २५ बढी विशेषज्ञ तथा राजनैतिक नेतृत्वको सहभगिता रहेको थियो ।
संवादमा सहभागी हुन भूटानका कृषिमन्त्री ल्योन्पो योन्टेन, बंगलादेशका वन तथा वातावरणमन्त्री सावेर हुसेन चौधरी, साब्स्टा अध्यक्ष ह्यारी मिरेडल काठमाडौं आएका थिए ।

जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तराष्ट्रिय जगत्को ध्यानाकर्षण गराउने उद्देश्यले यो ‘अन्तर्राष्ट्रिय संवाद’ को आयोजना गरिएको थियो ।


क्याटेगोरी : ताजा अपडेट
ट्याग : ##jalabayu, ##Nepal, #climate, #climate dialogue

तपाईको कमेन्ट लेख्नुहोस्