Techie IT
९ माघ २०८१, बुधबार

पैसट्ठी प्रतिशत जनसंख्या खडेरीको चपेटामा

पछिल्लो २५ वर्षमा १४ प्रतिशतले हाते पम्प, इनार तथा ट्युबेल र ३८.२ प्रतिशतले पँधेरो, कुवा, ढुंगेधारा, ४३.१ प्रतिशतले खालानाला सुके


जलवायु परिवर्तनका असरहरु बढेसँगै नेपालीहरुले सबैभन्दा बढी खडेरीको सामना गर्नुपरेको छ । राष्ट्रिय तथ्याकं कार्यालयले सोमबार सार्वजनिक गरेको जलवायु परिवर्तन सम्बन्धी राष्ट्रव्यापी दोस्रो सर्भेक्षण २०२२ अनुसार ६५.४ प्रतिशत उत्तरदाताले जलवायु परिवर्तनले खडेरी निम्त्याएको बताएका छन् ।

यसैगरी ५४.३ प्रतिशतले रोग/किराको प्रकोप फैलिएको, ४६.२ प्रतिशतले हावाहुरी, ३२.६ प्रतिशतले भुमरी, २८.५ प्रतिशतले बाढी, २१.७ प्रतिशतले शितलहर, २१.५ प्रतिशतले पहिरो लगायत जलवायुजन्य विपद्हरु बढाएको बताए । जलवायु परिवर्तनकै कारण उनीहरु चट्याङ, आगलागी, लु, बिषम खालको वर्षा, भुक्षय जस्ता विपद्हरु व्यहोर्न बाध्य छन् ।

थापाथलीस्थित तथ्याकं कार्यालयका उप-प्रमुख तथ्याकं अधिकारी हेमराज रेग्मीले जलवायु परिवर्तनका प्रभावबारे भएका वैज्ञानिक अध्ययनहरुका आधारमा मानिसहरुको बुझाइ, भोगाइ र अनुकुलनका अभ्यासहरुबारे थाहा पाउन देशव्यापी अध्ययन गरिएको बताए ।

‘यस अघि सन् २०१६ मा पनि जलवायु परिवर्तनको प्रभावबारे पहिलो सर्भे गरेको थियो,’ उनले भने, ‘प्रभाव बढीरहेको छ भन्ने त भयो, के कसरी बढेको छ भनेर तथ्यांकमा नै पत्ता लगाउन यो विशेष सर्भे गरिएको हो ।’ ०७८ सालको राष्ट्रिय जनगणनाकै क्रममा जलवायु परिवर्तनको प्रभावबारे पनि सर्भे गरिएकोमा विश्लेषण गरेर सोमबार प्रतिवेदन सार्वजनिक गरिएको हो ।

सर्भेमा एकै स्थानमा कम्तिमा २५ वर्षदेखि बसोबास गर्दै आएका ४५ वर्ष भन्दा माथिकालाई समावेश गरिएको हुँदा विशेष खालको सर्भे रहेको रेग्मीले बताए । सर्भेमा देशभरका ६ हजार ५२० परिवार संलग्न गरिएका छन् । जसमा शहरी, ग्रामीण, हिमाल, पहाड तथा तराई, उचाइ, जलवायु जोखिम लगायतका कोणहरुबाट जनस्तरका बुझाइ र अभ्यासहरु समेटिएका छन् ।

थप समाचारका लागि यो लिन्कमा जानुहोस ।

 


क्याटेगोरी : ताजा अपडेट
ट्याग : ##climate #Nepal, ##climatechange, ##climatechange #drought #khaderi #report #effect of climate change, ##jalabayu, #drought in nepal, #effect of climate change, #sukhha

तपाईको कमेन्ट लेख्नुहोस्