Techie IT
१० माघ २०८१, बिहीबार

जुलाई महिनाको तापक्रमले अहिलेसम्मका सवै तापक्रमको रेकर्ड तोड्ने


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आगामी केही दिनहरू हेर्दा सन् २०२३ को जुलाई महिना उच्च तापक्रमका हिसाबले अहिलेसम्मका सबै रेकर्ड तोड्ने बताएका छन् ।

विश्व मौसम विज्ञान संगठन  र जेनेभामा युरोपेली आयोगको कोपर्निकस जलवायु परिवर्तन सेवाका वैज्ञानिकहरूले जुलाईको अवस्थालाई अभूतपूर्व र असाधारणू भनिसकेका छन् ।

वैज्ञानिकहरूले नयाँ तथ्याङ्कले जुलाईको तीन हप्ता रेकर्डमा सबैभन्दा ताता दिन देखाएको बताएका छन् । त्यस्तै समुद्री तापक्रम पनि वर्षको यस समयमा अभिलेखमा उच्चतम रेकर्ड गरिएको छ । यो प्रवृत्ति अप्रिलको अन्त्यदेखि चलिरहेको जनाइएको छ ।

विश्व मौसम विज्ञान संगठन का जलवायु सेवा निर्देशक क्रिस हेविटले १७३ वर्षको तथ्यांकका आधारमा सन् २०१५ देखि २०२२ सम्मका आठ वर्ष लगातार सबैभन्दा तातो वर्ष भएको भनेका छन् । पाँच वर्षमध्ये कम्तिमा एक वर्षमा विश्वको औसत तापक्रम १.५ डिग्री सेल्सियस पुग्ने उच्च सम्भावना रहेको पनि उनले बताए ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले न्यूयोर्कको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै उत्सर्जन, जलवायु अनुकूलन र जलवायु वित्तमा विश्वव्यापी कार्यको आवश्यकतालाई जोड दिएका छन् । उनले थप सचेत पार्दै भनेका छन्, कि  ग्लोबल वार्मिंगको युग समाप्त भएको छू र ग्लोबल उम्लिरहेको युग आइसकेको छ ।

यद्यपि जलवायु परिवर्तन सबैलाई थाहा भएको बताउदै अझै पनि यसले पार्ने सबैभन्दा खराब असरहरु रोक्न सक्छौं भनेका छन् । तर यसो गर्नको लागि हामीले चर्को गर्मीको वर्षलाई उच्च महत्वाकांक्षाको वर्षमा परिणत गर्नुपर्छ, उनको भनाइ छ ।


क्याटेगोरी : ताजा अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्