Techie IT
८ माघ २०८१, मंगलबार

पूर्वसूचना प्रणालीको विकास गर्नसके मात्रै जलवायुजन्य घटनालाई कम गर्नसकिन्छ ।


”नेपालले जलवायुजन्य विपद्बाट परेका असरहरु विश्वसामु संख्यात्मक हिसावमा मात्रै देखाएको छ । जलवायुबाट निम्तिएका घटनाहरुलाई यथेष्ठ प्रमाणसहित लैजान आवश्यक छ ।

जलवायुजन्य विपद्का घटनाहरु कुन कारणले भएका छन् भन्ने यथेष्ठ प्रमाणहरु जुटाउन सरकासँग आग्रह गर्दछु । हिमाल पग्लिरहेको कुरादेखि कृषि र समाजमा परेको असरलाई राम्रोसँग नियाल्न र विश्वसामु देखाउन सकिएको छैन । विश्वलाई देखाउनका लागि नेपालसँग जलवायुजन्य विपद्बाट भएका घटनाहरु यकिन अझै भइसकेको छैन ।

नेपालसँग जलवायु परिवर्तनका कारण भएका विपद्जन्य घटनाहरु वैज्ञानिकरुपमा पनि प्रमाणित भइसकेको केही घटनाहरु छन् । ‘नेपालको हकमा हामीले जलवायु परिवर्तनमा विभिन्न खालका घटना, परिघटनाहरु पनि देखिरहेका छौ । तर त्यो घटनाहरुलाई हामीले विश्वसामु राम्रो र स्पष्टसँग लैजान सकेका छैनौँ । हामी संख्यात्मक हिसावमा देखायौँ तर त्यसले हामीले कति समस्यामा पारेको छ, यस्ता घटनाहरु कुन कारणले भएका छन् भन्ने यथेष्ठ प्रमाणहरु जुटाएर बोल्न सकेका छैनौँ ।’

विगत ४० वर्षमा भएका विपद्जन्य घटनामध्ये करिव ८० प्रतिशत घटना जलवायु परिवर्तनबाट भएको छ । युएनले गरेको सर्वेक्षणअनुसार १९७० देखि २०१९ सम्मको तथ्यांकलाई हेर्दा नेपालमा भएका विपद्जन्य घटनामध्ये ७९ प्रतिशत घटना जलवायु परिवर्तनका कारणले भएका छन् ।

नेपाल जस्तो विकासोन्मुख देशहरु ८० प्रतिशत जलवायु परिवर्तनको जोखिममा छन् । पूर्वसूचना प्रणालीको विकास गर्नसके मात्रै नेपाल जस्ता विकासोन्मुख देशहरुले जलवायुजन्य परिवर्तनका कारण हुने घटनालाई कम गर्नसकिन्छ । पूर्वसूचना प्रणालीलाई विकास गर्न नसके झनै भयावह अवस्था आउन सक्छ ।

विकसित देशहरुभन्दा १० गुणा बढी क्षति नेपाल लगायतका देशलाई जलवायु परिवर्तनका कारण भएको छ । जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न स्पष्ट योजना बनाउन पनि खाँचो छ ।

नेपालले ०।०२ प्रतिशत मात्रै हरित गृह ग्यास उत्सर्जन गरेको छ, । कम उत्सर्जन गर्ने देशले नै बढी क्षति व्यहोरिरहेको छ । नेपाल जलवायुजन्य विपद् बढी व्यहोर्ने देशमा चौथो नम्बरमा पनि छ । यसबारेमा विश्वस्तरमा एक आवाजमा लैजानसके सो बराबरको क्षति विकसित देशहरुले व्यहोर्ने वातावरण बन्न सक्छ ।”

हामीले यो सामग्री श्रावण ३ को कर्पोरेट नेपालबाट लिएका हौ ।


क्याटेगोरी : अन्तरवार्ता, प्रयासहरु
ट्याग : ##Nepal, #environment, #jalabau, #दीपकविक्रम थापा क्षेत्री

तपाईको कमेन्ट लेख्नुहोस्